लाखौं रूपियाँको गाँजासहित 2 जना पक्राउ

राजगञ्ज (निस): एनजेपी थाना पुलिसले 30 किलो गाँजासहित 2 जनालाई फुलबारीको सिपाइपाडा नजिकैको नतुन बजार क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरेको छ। पक्रा परेकाहरुको नाम कृष्ण दास र तारकेश्वर नाथ रहेको छ। तारकेश्वर महाराष्ट्रक अनि कृष्ण दास सिलगढीका निवासी हुन् । पुलिस सूत्र अनुसार गोप्य स्रोतबाट प्राप्त सूचनाक आधारमा फुलबारी नयाँ बजार क्षेत्रमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरी खोजी गर्दा उनीहरुको स्कुटीबाट गाँजा उद्धार भएको थियो। कुचबिहारबाट उक्त गाँजा सिलगढीमा ल्याइएको थियोउद्धार गरेको गाजाको अनुमानित बजार मूल्य लगभग ३ लाख रूियाँ रहेको छ। पक्राउ परेकाहरुलाई आज जलपाईगढी जिल्ला अदालतमा पठाइएको छ ।


 

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *