लक्खी पुजाको एक दिन अघि सहरमा देखिएन पुजाको रौनकता

सिलगढी : हिन्दू धर्म मान्ने विशेष बङ्गाली समुदायका मानिसहरूको लक्खी पुजा अर्थात् लक्ष्मी पुजा हो भोलि। कोरोना महामारीले गर्दा गत वर्षहरूमा झैँ यस वर्ष सिलगढी सहरमा लक्खी पुजाको एक दिन अघि आज भने जस्तो रौनकता देखिएन। तथापि, सिलगढी बजारमा आज बिहानैदेखि लक्खी माताको मूर्ति केही मानिसहरूले किनिरहेको थियो भने अर्कोतिर, लक्खी माताको पुजामा विशेष चढाउने नाडु र मोया (चिउरा-मुराईको डल्ला) बिक्री गर्ने व्यापारीहरू भने चिन्तित रहेको देखियो। कोरोना महामारीको कारण प्याकेटको नाडु र मोयाका माग यस वर्षको पुजामा घटेको तिनीहरूको भनाइ रहेको छ। कोरोना महामारीले गर्दा प्याकेटमा बिक्री गर्न राखेको नाडु र मोया किन्नको साटो लक्खी माताका भक्तजनहरूले आ-आफ्नो घरमा नै नाडु र मोया बनाउने सोँच राखेको व्यापारीहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *