लक्खी पुजाको तयारीमा सिलगढीका महिलाहरू

सिलगढी : आज लक्खी पुजा अर्थात् लक्ष्मी पुजा हो। विशेष गरेर बङ्गाली समुदायका मानिसहरूको घर-घरमा कोजागरी लक्ष्मी पुजाको रौनकता छाएको छ। बङ्गाली समुदायका मानिसहरूले आ-आफ्ना घरमा आजको दिन माता लक्ष्मीको प्रतिमा स्थापित गरेर श्रद्धा भावनाको साथमा पुजा अर्चना गर्ने गर्दछन्। बङ्गाली समुदायका महिलाहरू आज आ-आफ्नो घरमा धनकी देवी लक्खी अर्थात् लक्ष्मी माताको पुजाको तयारीमा व्यस्त छिन्। यस वर्ष दुई दिनसम्म पूर्णिमा तिथि परेकोले आज साँझदेखि भोलिसम्म लक्खी पुजाको शुभ मुहरत रहेको बताइएको छ। आज बिहानैदेखि विभिन्न घरहरूमा लक्खी पुजाको तयारीमा महिलाहरू व्यस्त छिन् भने बङ्गाली समुदायको घर-घरमा नाडु र मोया लगायत अन्य भोगको तयारी गरिरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *