लक्ष्मी पूजा अगावै अविरल वर्षाले गर्दा व्यवसायीहरू चिन्तित

सिलगढी : लक्ष्मीपूजा अगावै हिजोदेखि लगातार रूपमा परिरहेको पानीले गर्दा व्यवसायीहरूले नोक्सानको सामना गर्न परिरहेको छ। स्मरण रहोस्, सिलगढी लगायत केही ठाउँहरूमा हिजो साँझदेखि लगातार पानी परिरहेको छ। सिलगढीको थाना मोड़, अस्पताल मोड़, विधान रोड, सुभाष पल्ली लगायत अन्य बजारहरूमा प्रत्येक वर्ष लक्ष्मी पूजा अगावै बजार गर्न आउने मानिसहरूको निक्कै भीड हुने गरे तापनि यसपल्ट लगातार परिरहेको पानीले गर्दा एकजना क्रेता समेत बजार  गर्न नआएको व्यवसायीहरू बताउँछन्। व्यवसायीहरूले बताएअनुसार लगातार परिरहेको पानीले गर्दा यस वर्ष भिन्नै दृश्य देखियो भने वर्षाले गर्दा कुम्हालेहरूलाई सबैभन्दा धेर समस्याको सामना गर्न परिरहेको छ। केही मूर्ति दोकानहरूमा आज बिहानैदेकि कुनै पनि क्रेत देखा नपरेकोले गर्दा मूर्तिकारहरू चिन्तित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *