लामो प्रतीक्षापछि बारीभाषा भीआईपी रोडको मरमति गरिने भएकोले गाउँलेहरू खुसी

सिलगढी: लामो प्रतीक्षापछि अन्ततः बारीभाषा भीआईपी रोडको मरमति कार्य गरिने भएको छ। यो सडक लामो समयदेखि खराब स्थितिमा रहेको थियो।  सडकको मरमतिको माग गर्दै स्थानीय मानिसहरूले बारम्बर विरोध प्रदर्शन तथा सडक अवरुद्ध गरेका थिए। अन्ततः एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले आज सडक मरमति कार्यको शिलान्यास गरे। यस अवसरमा एसजेडीएका भाइस चेयरम्यान दिलीप दुग्गर, एसजेडीएका सदस्य गौतम गोस्वामी, एसजेडीए सदस्य तथा वार्डका पार्षद रञ्जन शील शर्मा लगायत अन्य लोग उपस्थित थिए। जाबराभिटा अन्डरपासदेखि भवेशमोड पेट्रोल पम्पसम्म लगभग 1400 मिटर सडक तथा सडकको एकापट्टि नाली बनाउने भएकोले इलाकावासी खुसी छन्। एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले भने, यस सडकको काम पहिला नै गरिने कुरा थियो। स्थानीय विधायक तथा तिनका समर्थकहरूले सडकको काम रोकिदिएकोले गर्दा नै सडक मरमति हुन सकेन। अर्कोतिर, विधायक शिखा च्याटर्जीले भनिन्, एसजेडीए चेयरम्यानले डर्टी पोलेटिक्स गरिरहेको छ। यसभन्दा पहिला पनि सडकको लागि टेन्डर पास भएको थियो। त्यसको रुपियाँ कहाँ गयो?


Leave a Reply

Your email address will not be published. Required fields are marked *