ल्यान्ड लुजरको विरोध प्रदर्शनी चौथो दिन पनि जारी

राजगञ्ज : नोकरीको माग गर्दै जलपाईगढी जिल्ला ल्यान्ड लुजर कमिटीले आज गजलडोबामा पथ अवरोध गरे। यस पथ अवरोधमा धेरै संख्यामा मानिसहरू सामेल थिए। विगत 1983-84 सालमा सिँचाई विभागको लागि जमीन अधिग्रहण गरेको समय राज्य सरकारले जमीनदाताहरूलाई नोकरी दिने आश्वासन दिए तापनि तिनीहरूले नोकरी नपाएपछि धेरैपल्ट आवेदन-निवेदन एवम् आन्दोलन समेत गरेका थिए। नेता एवम् प्रशासनिक अधिकारीले आश्वासन मात्र दिएको तर हालसम्म कसैलाई पनि नोकरी नदिएकोले गर्दा नै आफूहरू बाध्य भएर धरनामा बसेको साथै नोकरीको ग्यारेन्टी नपाएसम्म आफूहरूको आन्दोलन जारी रहने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *