ल्यान्ड लुजरहरूद्वारा नोकरीको माग गर्दै सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : मुख्यमन्त्रीको सिलगढी आगमन अवधि नै आज यहाँको तीनबत्तीमा टिस्टा ब्यारेज प्रकल्पको कार्यालय बन्द गरेर जमिनदाताहरू (ल्यान्ड लुजर)-ले विक्षोभ प्रदर्शन गरे। यसभन्दा अघि प्रदर्शनकारीहरूले हातमा प्ला कार्ड बोकेर सिलगढीको तीनबत्ती मोडमा सिँचाई विभागअघि पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। तथापि, एनजेपी थाना पुलिसको नेतृत्वमा एउटा विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर उक्त पथ अवरोध हटाइयो। यसपछि उक्त प्रदर्शनकारीहरूले टिस्टा ब्यारेज प्रकल्प कार्यालय पुगेर त्यहाँका सरकारी कर्मचारीहरूलाई कार्यालयबाट बाहिर निकालेर कार्यालय बन्द गरिदिए।


जमिनदाताको तर्फबाट नजरूल रहमानले बताएअनुसार 1984 देखि 2006 सम्म राज्य सरकारले टिस्टा ब्यारेज प्रकल्पको लागि आफूहरूबाट जमिन लिएपछि यसको बद्ली आंशिक क्षतिपूर्ति दिनको साथै जमिन दिने परिवारका एक-एकजना सदस्यलाई नोकरी दिने सरकारले वचन दिए तापनि हालसम्म सो पुरा गरेको छैन। यसैले आज 600 जना जमिनदाताहरूले नोकरीको माग गर्दै विरोध प्रदर्शनी गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *