लङ्गडे घोडामा होइन, रेस जित्ने घोडा बिमल खेमालाई सघाउँछौ: एलबी राई

मिरिक : लङ्गडे घोडामा हामी दाव हाल्दैनौ तर रेस जित्ने अनि कुद्ने घोडामा नै चढ्छौ भन्दै गोजमुमो विमल गुरूङ खेमालाई समर्थन जनाउने हिल तृणमूलको घोषाणा पछि आएको प्रतिक्रियाको जवाब दिँदै आज हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले मिरिक खण्ड समितिको सभापछि उक्त मन्तव्य पोखे। तिनले दावीको साथमा भने, रेस जित्ने घोडा कुन हो नचिन्ने कुरै आएन । तिनले बिन्नी शर्माले गरेको प्रतिक्रियाको जवाब दिँदै जित्ने रेसको घोडालाई नचिनेको बताए। हिल तृणमूल कङ्ग्रेसले बिमल गुरूङ खेमा गोजमुमोलाई समर्थन जनाएपछि गरेको प्रतिक्रियाको जवाब दिँदै एलबी राईले भने, बिन्नी शर्मा को हो? हामी चिन्दैनौ। उसको के भूमिका छ हामी जान्दैनौ। तिनले हामीले आफै निर्णय लिएका होइनौ। आइप्याकको दिशा निर्देशनमा निर्णय लिएका हौं भन्दै मिरिकबाट 80 प्रतिशत मत दिने दावी गरे। तिनले पहाडको तीनवटै आसनबाट विमल खेमा गोजमुमो उम्मेद्वारले विजय प्राप्त गर्ने पनि दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *