लप्चु बजारको भीम भुजेलको घरमा आगलागी, दुईजनाको मृत्यु

दार्जिलिङ : रङ्गी-रङ्गलियट ब्लक अन्तर्गत 11 माइल लप्चु बजारको एउटा घरमा गत राति आगलागीको घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार गत राति लगभग 11.30 बजे 11 माइल लप्चु बजारमा भीम भुजेलको घरमा आगलागी हुँदा घर लगायत एउटा वाहन तथा घरको सबै सर-समान जलेर भष्म भएको छ भने उक्त घटनामा भीम भुजेलकी श्रीमती 60 वर्षीय भूमिका भुजेल अनि 8 माइल निवासी 49 वर्षीय विकास छेत्रीको घटनास्थमै मृत्यु भएको छ।


मृतक विकास छेत्री सोनादा निवासी रहेको तर हाल लप्चुमा दोकान गरेर बस्दै आइरहेका थिए। छिमेकीको घरमा आगो लागेपछि आगो निभाउने प्रयास गर्दा अचानक एलपीजी ग्यास सिलेन्डर पड्किदा विकास अनि भूमिकाको मृत्यु भएको बताइएको छ। आगलागी भएको भीम भुजेलको घरमा 5 जना सदस्य रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *