लप्चुमा शीतकालिन फुटबल प्रशिक्षण शिविरको समापन

लप्चु : लप्चु खेलकुद संघद्वारा गत 8 दिसम्बरदेखि आयोजना गरिएको शीतकालिन फुटबल प्रशिक्षण शिविरको विभिन्न कार्यक्रमबीच समापन गरियो। गत लगभग डेढ महिनादेखि दिनहुँ रूपमा स्थानीय नव प्रतिभा युवा खेलाडीहरूलाई राज्य स्तरीय चर्चित खेलाडी सत्यदीप थापाले कुशल प्रशिक्षण दिइरहेका थिए। समापन कार्यक्रममा राष्ट्रिय खेलाडी नाडुङ भुटिया प्रमुख रूपमा उपस्थित थिए। प्रशिक्षाणार्थी स-साना फुटबल खेलाडीहरूको प्रशिक्षण अवलोकन गरेपछि तिनकै बाहुलीबाट प्रशिक्षाणार्थी फुटबल खेलाडीहरूलाई प्रमाण पत्रसहित जर्सी प्रदान गरियो।


तिनले यस समापन समारोहलाई सम्बोधन गर्दै आफ्नो नानीहरूलाई खेलप्रति सधैँ प्रोत्साहन गर्ने साथै तिनीहरूलाई कहिले पनि हतोत्साही हुन नदिने अभिभावकहरूलाई अपील गरे। स्मरण रहोस्, लप्चु खेलकुद संघद्वारा आयोजित शीतकालिन फुटबल प्रशिक्षण शिविरमा स्थानीय लगायत वरिपरिका मोठ 30 जना खेलाडीहरूको सहभागिता रहेको थियो भने जसमध्ये 6 जना बालिका खेलाडीहरू सामेल रहेको थियो। समापन समारोहको अन्तमा खेलकुद संघका अध्यक्ष अमिर राईले सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षमा पनि यस प्रकारको फुटबल प्रशिक्षणको आयोजना गरिने जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *