लरीको धक्काले 2 जनाको मृत्यु

धुपगुढी : धुपगुढी 2 नम्बर ब्रीज संलग्न इलाकामा शनिबार राति लरीको धक्काले दुईजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति क्रमैले 52 वर्षीय गोपाल महन्त र 38 वर्षीय नरेश रायको रूपमा सामेल छन्। घटनापछि स्थानीय मानिसहरूले 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शनी गरे। प्राप्त जानकारीअनुसार यी दुई व्यक्ति बाइकमा सवार भएर गइरहेको समय एउटा लरीले धक्का दिँदा घटनास्थलमै तिनीहरूको मृत्यु भएको बताइएको छ। घटनापछि लरी चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर धुपगुढी थाना पुलिस घटनास्थलमा पुगेर ती दुईवटा शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *