लताबारीमा हात्तीको ताण्डवमा 2 वटा घर क्षतिग्रस्त

अलिपुरद्वार अलिपुरद्वार जिल्लाको लताबारी इलाकामा जङ्गली हात्तीले ताण्डव मच्चाएर दुईवटा घर भत्काइ दिएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति एउटा जङ्गली हात्ती बक्सा व्याघ्र प्रकल्पको जङ्गलबाट निस्केर लताबारी इलाकामा पसेपछि उक्त इलाका निवासी साबित्री भगतको घरमा ताण्डव मच्चार घर क्षतिग्रस्त पारिदिएको बताइएको छ। उक्त हात्तीले ताण्डव मच्चाएर इलाकाको दुईवटा घर भत्काइदिनको साथै घरमा राखिएको धानको बोरा नष्ट पारिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *