लता मंगेशकरको निधनमा राज्यभरिमै आज आधा दिनको शोक पालन

सिलगढी : स्वर साम्राज्ञी लता मंगेशकरको 92 वर्षको उमेरमा हिजो निधन भएपछि हाल देश नै स्तब्ध बनेको छ। केन्द्र सरकारले तिनको निधनमा दुई दिनको राष्ट्रिय शोकको घोषणा गर्दै राष्ट्रिय ध्वज झुकाइएको छ भने यता पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि लता मंगेशकरको निधनमा गहिरो शोक प्रकट गर्दै राज्यभरिमै आज सोमबार आधा दिनको शोक मनाउने घोषणा गरेपछि यहाँका सबै सरकारी कार्यालयहरूमा आज आधा बेलापछि विदा गरिनुको साथै शोक प्रकट गरेको देखियो। यसको साथै राज्य सरकारको निर्देश अनुसार प्रत्येक सार्वजनिक स्थान, सरकारी कार्यालय तथा ट्राफिक सिग्नलहरूमा आजदेखि भारत रत्न लता मंगेशकरको गीतहरू बज्न थालेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *