लाटपञ्चरमा 209 औंँ भानु स्मरण दिवस पालन साथै ‘लिस्नु’ पत्रिकाको तेस्रो अङ्क लोकार्पण

खरसाङ (निसं): नव सांस्कृतिक अभियान लाटपञ्चरको तत्वावधानमा लाटपञ्चर कुलैनबारीको धोबीधुरा समाज भवनमा 209 औं भानु स्मरण दिवस पालन गर्नको साथै ‘लिस्नु’ पत्रिका तेस्रो अङ्कको लोकार्पण पनि गरियो। नव सांस्कृतिक अभियानका सभापति एमके गुरुङले अध्यक्षता गरेका समारोहमा मुख्य अतिथिको रूपमा लिस्नु प्रथम अङ्कका चार सम्पादकहरूमध्ये एक तथा वरिष्ठ साहित्यकार कालूसिंह रनपहेंली उपस्थित थिए। विशिष्ठ आतिथि अनि विशेष अतिथिका रूपमा कवि राजा पुनियानी, कवि सुरज रोसुरी, वरिष्ठ व्यक्तित्व टीबी.मुखिया, साहित्यकार चर्चिल सुब्बा, पूर्व पार्षद विनोद मोक्तान, लेखक-गीतकार एलबी थापा, केएन एकादेमी शेल्पूका निर्देशक महेन्द्र थापा, कवि किरण ब्लोन, लिस्नुका पूर्व सम्पादक किशोर चामलिङकी धर्मपत्नी श्रीमती अन्तिका चामलिङ, लिस्नु परिवारका पूर्व सदस्य हर्क मोक्तानकी धर्मपत्नी धनलच्छी तामङ आदि उपस्थित थिए। बहुमुखी प्रतिभाका धनी शिक्षक विनय रसाइली अनि लाटपञ्चरका प्रबुद्ध साहित्यकार डीबी कार्कीद्वारा सञ्चालन गरिएको समारोहको प्रथममा भानुको तस्वीरमा दीप प्रज्ज्वलन अनि खदा अर्पण गरियो। समारोहमा लिस्नु अनि अभियानका सक्रिय सदस्य कवि विराम चामलिङद्वारा स्वागत भाषण राखिएको थियो। कार्यक्रममा प्रतिष्ठित साहित्यकार डीबी कार्कीले ‘भारतमा भानु जयन्ती एक भव्य संस्कृतिको आरम्भ’ विषयमाथि सारगर्भित वार्ता प्रस्तुत गरे। तिनले दार्जिलिङ्को चौरस्तामा खडा गरिएको भानु सालिगको ऐतिहासिक तथ्यहरूसित धेरै जानकारीमूलक कुराहरू राखे। उनले लिस्नुका पूर्व सम्पादक कुमार भाइ पौड्यालले पठाएका पत्र पनि पठन गरेर सुनाए। ‘लिस्नु’ तेस्रो अङ्कका वर्तमान सम्पादक कवि साजन मोक्तान बेहोशीले सम्पादकको पक्षमा आफ्ना कुराहरू राखे। यस अवसरमा कविता वाचन र गीतहरूको प्रस्तुतीहरूले कार्यक्रमको शोभा बढाएको थियो। चर्चित कवि राजा पुनियानी र चर्चित कवि सुरज रोसुरी, प्रतिष्ठित कवि डिकु मुखिया, श्रोताप्रिय कवि मिलन लामा रोगीसित सर्जक दिवाकर गुरूङ, प्रवीणता भुजेल आदिले कविताहरू वाचन गरेका थिए। यस अवसरमा गणेश गुरुङ, शरण गुरुङ, हीरालाल रनपहेंली आदिले मीठा गीतहरू गाएर समारोहलाई सङ्गीतमय बनाएका थिए। समारोहमा हालै कालेबुङबाट भाइचन्द स्मृति पुरस्कारले विभुषित कवि राजा पुनियानी अनि लाटपञ्चरका दुई होनहार प्रतिभाहरू श्रेया तामङ र सारिका छेत्रीलाई नव सांस्कृतिक अभियानका अध्यक्षका बाहुलीबाट खदा पहिर्याएर बधाई टक्राइयो। यस अवसरमा समारोह अध्यक्ष, मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूद्वारा लिस्नु तेस्रो अङ्क लोकार्पण गरियो। समारोहका अध्यक्ष एमके गुरुङले आफ्नो सम्भाषणमा नव सांस्कृतिक अभियान, लाटपञ्चरका क्रिया कलापहरूमाथि प्रकाश पार्दै लिस्नुलाई तेस्रो अङ्कसम्म प्रकाशनमा ल्याएर लोकार्पण गर्न सकेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए। मुख्य अतिथि पूर्व सम्पादक युग्मककार कालूसिंह रनपहेंलीले आफूलाई लाटपञ्चरले गरेको मायाको निम्ति धन्यवाद प्रकट गरे। तिनले लिस्नुको पहिलो अङ्कका सम्पादकको हैसियतमा दोस्रो अङकका सम्पादक श्री एम.के. गुरूङ अनि तेस्रो अङकका वर्तमान सम्पादक कवि साजन मोक्तान बेहोशी अनि कवि राजा पुनियानीलाई खदा लगाइ दिएर धन्यवाद ज्ञापन गर्दै सम्मान जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes