लाभा हत्याकाण्ड: आरोपीलाई पक्राउ गरिनु पर्ने चालक संगठनको माग

कालेबुङ: कालेबुङ डुंग्रा निवासी चालकको हालै लाभामा भएको हत्याकाण्डलाई लिएर लाभा चालक सङ्गठनले आज पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जघन्य हत्याकाण्डको घोर विरोध जनाएको छ। हत्या भएको धेरै समय बितिसक्दा पनि हत्यारालाई पुलिस प्रशासनले चिन्हित गरेर पक्राउ गर्न असफल रहेकोमा संगठनले आक्रोश व्यक्त गरेको छ। उक्त चालक हत्या काण्डमा संलग्न रहेको हत्यारालाई पुलिस प्रशासनले चाँडो भन्दा चाँडो पक्राउ गरिनु पर्ने अनि कानून अनुसार कठोर सजाय दिने माग पनि गरेको छ। घटनाको जाँचको निम्ति लाभावासीले प्रशासनलाई सक्दो सहयोग गर्ने पनि संगठनका प्रतिनिधिहरुले पत्रकार सम्मेलन मार्फत बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *