लाभा खुल्ला धनुकाँड प्रतियोगितामा राई ब्रदर्स विजयी

कालेबुङ: कालेबुङको लाभा आर्चरी एसोसिएसनको आयोजनामा यहाँको आर्चरी खेल मैदानमा खुल्ला धनुकाँड (आर्चरी) प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो। फाइनल खेलमा सिक्किम आरीटार आर्चरी एसोसिएसनलाई पराजित गरेर राई ब्रदर्स (15 माइल बिद्धयाङ्ग) विजयी बन्यो। प्रतियोगिताको विजेता टोलीलाई 50 हजार रूपियाँसहित आकर्षक ट्रफी अनि उप-विजेता टोलीलाई 30 हजार रूपियाँसहित ट्रफी अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। गत 12 नोभेम्बरदेखि आरम्भ भएको उक्त प्रतियोगितामा कालेबुङ जिल्ला अनि सिक्किमबाट मोठ 32 टीमले अंश ग्रहण गरेको थियो। फाइनल खेलमा प्रमुख अतिथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 38 नम्बर समष्टि अध्यक्ष रञ्जित राई, विशिष्ट अतिथि सिल्भी कल्चर फरेस्ट रेन्ज म्यानेजर राजु प्रधान तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *