एलबी राईलाई भेटेर तृणमूल प्रार्थी धुर्व बम्जनलाई विजय बनाउने युवाहरूले गरे प्रतिबद्धता

मिरिक: मिरिकको सियोक गोपालधारा ओकाइटी समष्टि अन्तर्गत ओकाइटी नौ नम्बर गाँउका 40 जना युवाहरूले आज हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईसित भेट गरेर आगामी जीटीए चुनाउमा समष्टिका तृणमूल कङ्ग्रेस प्रार्थी धुर्व बम्जनलाई समर्थन जनाउँदै विजय गराउने प्रतिवद्धता प्रकट गरेको छ। तृणमूल कङ्ग्रेस युवा टाउन संयोजक विकास सुब्बाको पहल अनि संगीत राईको नेतृत्वमा उक्त युवाहरूले हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईसित भेट गरेर 23 नम्बर समष्टिबाट धुर्व बम्जनलाई विजय बनाउने प्रतिबद्धता प्रकट गरेको बताइएको छ। यस अवसरमा नौ नम्बर गाँउका युवाहरू विवेक राई, अनुराग राई, अनुपम गुरूङ, अमित प्रधान आदिले युवाहरूको भविष्य निर्माण तृणमूल कङ्ग्रेसले मात्र गर्नसक्ने अनि एलबी राई जस्तो इमान्दार मानिस युवाहरूको अभिभावक अनि प्रार्थी धुर्व बम्जन पनि इमान्दार रहेकोले तिनीहरूको मनोबल बढाउन साथै प्रार्थीलाई जिताउनको लागि अघि आएको दावी गरे। अर्कोतिर, एलबी राईले युवाहरूको साथ र सहयोग पाइरहेको जानकारी गराउँदै आफुहरूको जीत निश्चित रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *