लेबुङ-बदामताम समष्टिमा गोजमुमो-द्वारा मास्क तथा खाद्य वितरण

दार्जिलिङ : कोरोना भाइरसको महामारीबीच गोजमुमो पार्टीको तर्फबाट जीटीए क्षेत्रका विभिन्न ठाउँहरूमा दैनिक रूपमा आवश्यकमन्द मानिसहरूलाई खाद्य पदार्थहरू लगायत मास्क तथा पञ्जाहरू वितरण गर्दै आइरहेको छ। यसै क्रममा आज गोजमुमो पार्टीको तर्फबाट अध्यक्ष विनय तामाङले यहाँको लेबुङ बदामताम समष्टिको विभिन्न क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण गरे। यसको साथै ती विभिन्न क्वारेन्टाइन सेन्टरहरूमा रहेका मानिसहरूलाई मास्क सहित खाद्य सामग्रीहरू वितरण गरे। यसको साथै विभिन्न राज्यहरूबाट यस समष्टिमा फर्किआएका मानिसहरूको निम्ति बनाइएको क्वारेन्टाइन सेन्टरहरूको पनि सेनिटाइज गरियो। अर्कोतिर, स्थानीय मानिसहरूले उक्त पहलको निम्ति गोजमुमो अध्यक्ष विनय तामाङ तथा जीटीएप्रति आभार प्रकट गरेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *