लेबुङ बदमताम समष्टिको हाम्रो पार्टी युवा शक्ति गठन

दार्जिलिङ (निसं) : हाम्रो पार्टी युवा शक्तिको सभा दार्जिलिङ शहरको माल रोडस्थित पी कोठी हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा आज सम्पन्न भयो। सभामा युवा शक्तिको प्रमुख संयोजक राब्गे राई, सह-संयोजक आशिष छेत्री लगायत अन्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा धेरै लामो चर्चा-परिचर्चा पछि हाम्रो पार्टी युवा शक्ति लेबुङ बदमताम समष्टि गठन गरियो। उक्त कमिटीमा सर्वसहमतिद्वारा अध्यक्ष अनिल राई, महासचिव किरण राईलाई चयन गरिएको छ। युवा शक्तिको अन्य पदादिकारीहरूको अविलम्ब चयन गरिने भएको छ। निर्वाचित पदाधिकारीहरूले हाम्रो पार्टीको भिजनलाई प्रत्येक घर-घरमा पुऱ्याउने संकल्प लिए। स्मरण रहोस, हाल दार्जिलिङ पार्वतीय क्षेत्रलगायत तराई डुवर्स आदि क्षेत्रहरूमा हाम्रो पार्टीको साङ्गठनिक सभा साथै कमिटी गठन जस्ता कार्यहरू निरन्तर रूपमा चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *