लेखक तथा समाजसेवी अर्जुन प्रधान सम्मानित

मिरिक: मेची चुवानधुरा जन जागरुक सङ्कल्प परिवारले मिरिक सौरेनीका समाजसेवी अनि लेखक अर्जुन प्रधानलाई तिनले समाज अनि साहित्यप्रति दिएको योगदानको कदर गर्दै सम्मान जनाइएको छ। तिनको आफ्नै निवासमा मेची चुवानधुरा जन जागरुक सङ्कल्प परिवारका रजेन खवासको नेतृत्वमा परिवारका सदस्यहरूले खदा लगाइदिएर अर्जुन प्रधानलाई सम्मान पत्र प्रदान गर्दै सम्मानित गरियो।


आफु सम्मानित भएपछि अर्जुन प्रधानले मेची चुवानधुरा जन जागरुक सङ्कल्प परिवारप्रति हार्दिक आभार प्रकट गर्दै सौरेनी क्षेत्रमा मेची चुवानधुरा जन जागरुक सङ्कल्प परिवारद्वारा धेरै सामाजिक कार्यहरु सम्पन्न भइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *