लेनिनको सालिग भत्काइदिएको घटनाका दोषीहरूलाई पक्राउ गरिनुपर्ने मागमा विक्षोभ र्‍याली

नक्सलबारी : नक्सलबारीमा लेनिनको सालिग भत्काइदिएको घटनाका दोषीहरूलाई पक्राउ गरिनुपर्ने साथै पुलिसको निष्क्रियताको अभियोग लगाउँदै फासीवाद विरोधी गणतान्त्रिक ऐक्य संगठनले आज नक्सलबारीमा विक्षोभ र्‍याली निकाल्यो। र्‍यालीको माध्यमद्वारा संगठनका सदस्यहरू नक्सलबारी थानामा पुगेर पुलिसको भूमिकालाई लिएर क्षोभ प्रकट गर्नको साथै एउटा ज्ञापन पत्र पनि चढाए। उक्त र्‍यालीमा वाम नेता जीवेश सरकार, समन पाठक, गौतम घोष, नाथुराम विश्वास, गौड वैद्य लगायत अन्य वामपन्थी पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस सम्बन्धमा गौतम घोष लगायत वामपन्थी नेता तथा कार्यकर्ताहरूले भने, उक्त घटनामा दक्षिणपन्थी एवम् फासीवाद संलग्न रहेको छ। दोषीहरूलाई चाँडै पक्राउ गरेर उचित सजाय दिइनुपर्ने माग गरे। उक्त घटनापछि प्रशासनको तर्फबाट कुनै पहल नगरेको श्रमिक कृषक संग्रामी मञ्चका नेता रतन दे-ले आरोप लगाए। आगामी दिनमा दोषीहरूलाई पक्राउ नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes