लेप्चा विकास बोर्डका पदाधिकारीहरूको रङ्गीत मजुवा क्षेत्रको परिभ्रमण

सुकेपोखरी: पश्चिम बङ्गाल लेप्चा विकास बोर्ड सुकेपोखरी खण्ड समितिका पदाधिकारीले रङ्गीत मजुवा क्षेत्रको परिभ्रमण गरे । यसैबीच, सुकियाम थुम बोर्डको गाड़ी चलाउँदै आइरहेका चालक निङमा लेप्चाबाट उक्त गाड़ी खोसिएपछि उत्पन्न स्थितिबारे जानकारी गराउन खण्ड समितिलाई बोलाइएको एमएलए इल्टा रङ्गीत मजुवा सचिव लाडुप लेप्चाले बताए । निङमा लेप्चा अनुसार मिटिङमा जानको निम्ति गाड़ी चाहिएको छ भनी प्लुङदुङ शाखा सभापति साङ्गे लेप्चाले तिनलाई प्लुङदुङ रोडमा पर्खन लगाएका थिए । त्यस समय स्वयं साङ्गे लेप्चा, धजेका सचिव बुद्ध लेप्चा, प्लुङदुङ भोटिया गाउँका उमेश लेप्चा अनि पोख्रेबुङ बस्तीका कालदेन लेप्चा आएका थिए। तिनीहरू आएपछि निङमाको हातबाट अवैधानिक तरिकाले गाड़ीको चाबी लिएको निङमाले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *