लेप्चा बोर्डको अधीनमा रहेका पारा टिचरहरूको रहल तलब राज्यको वित्त विभागबाट स्वीकृत भएको छ: निमा लेप्चा

कालेबुङ: लेप्चा विकास बोर्डको अधिनमा रहेका पारा टिचरहरूको गत 15 महिनाको बाँकी रहेको तलब राज्यको वित्त विभागबाट स्वीकृत भएको तर अझ केही अवश्यक कागज पत्रको औपचारिक पुरा भएपछि लगत्तै लाभार्थीहरूको खातामा जम्मा हुने लेप्चा बिकास बोर्डका निमा लेप्चाले बताएका छन्। पत्रकार सम्मेलनमार्फत तिनले दिएको जानकारी अनुसार यो उपलब्धिको निम्ति हाल चलिरहेको धरना प्रदर्शनको कारण नभएको स्पष्ट पार्दै यो पहल बोर्डले गत वर्षदेखि नै गरिरहेकोले नै यो सम्भव हुन सकेको दावी गरेका छन्। अर्कोतिर, कालेबुङ कुमुदिनी होम्स स्कुलको ब्यान्ड टोलीलाई शुभकामना ब्यक्त गर्दै तिनीहरूको निम्ति लेप्चा बिकास बोर्डका अध्यक्ष एलएस तामसाङको पहलमा राज्यको जनजाति विभागबाट आर्थिक सहयोग प्रदान गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *