लेप्चाहरू आफ्नो पारम्परिक घरलाई पुनः जीवित बनाउने प्रयासमा

मिरिक : अहिले पारम्पारिक घरहरू देखिन छोडेकोले एउटा सिङ्गो सांस्कृतिक परिचयलाई नष्ट गरिदिएको छ। जति विश्व सागुरिँदै छ, उति पारम्पारिक तथा सांस्कृतिक विशेषता पहाडमा लोप बन्दै गइरहेको छ। अहिले वाह्य संस्कृतिको प्रभावले चुचुरा टेकेको छ । घर होस् या मन्दिर , गुम्बा होस् या चर्च , मज्जिद होस या गुरूद्वारा त्यसको स्वरूपले कसको हो भन्ने अलग्गै परिचय दिँदछ अनि हामी ठोकेरै भन्न सक्छौं । वाह्य सांस्कृतिक प्रभावले पहाडको संस्कृति लोप भइरहेको समय लेप्चाहरू आफ्नो पारम्पारिक घरलाई पुनः जीवित बनाउन प्रयासमा रहेका छन्।


नाको छिरिङ लेप्चाले लेप्चा जातिको पारम्पारिक घर बनाएर बस्ने निधो गरेका छन् । लोवर मामरिङ सिटोङ निवासी लेप्चाले परिवर्तनको लहरमा सबै बगिरहेको बेला पुर्खाहरूलाई सम्झेर पुरानै शैलीको घर बनाउन लागि परेका छन् । कादेन्मुली ( लेप्चा घर ) बनाउन अहिले नाको छिरिङ लेप्चा व्यस्त छन्। पुर्खातिर फर्कने क्रममा जुटेका छन् हाल नाको छिरिङ लेप्चा ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *