लेप्चा राजा गेबो आचोकको 290औँ जन्म जयन्ती पालन

खरसाङ : पश्चिम बंगाल मयाल्याङ विकास बोर्ड अनि इन्डिजिनियश लेप्चा ट्राइबल एसोसिएसनको संयुक्त आयोजनामा खरसाङमा लेप्चा राजा गेबो आचोकको 290औँ जन्म जयन्ती पालन गरियो। उक्त कार्यक्रममा लेप्चा बुङथिमद्वारा पूजा-पाठ गरेपछि आरम्भ गरिएको थियो भने कार्यक्रमको आरम्भमा लेप्चा राजा गेबो आचोकको तस्वीरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले धुप-दीप प्रज्वलन गरेर खदा-माला लगाइदिए। यस कार्यक्रम अवधि दुईवटा पुस्तक किङ्‌ग गेबो आयोकद लेप्चा लेजेण्डप्रमुख अतिथि अनि लेप्चा विकास बोर्ड र संगठनका पदाधिकारीहरूको बाहुलीबाट विमोचन गरियो। कार्यक्रममा इण्डिजिनियश लेप्चा ट्राइबल लेप्चा एसोसिएशनका खरसाङ थुम सभापति सञ्चक छिरिङ लेप्चाले लेप्चा राजा गेबो आचोक लेप्चाको बारेमा प्रकाश पारे भने प्रमुख अतिथि टीटी लामाले लेप्चा जातिले आफ्नो संस्कार,संस्कृति, भाषालाई बचाएर राख्नको निम्ति राम्रो कार्य गरिरहेको बताउँदै लेप्चा राजा गेबो आचोकले लेप्चा भूमि, लेप्चा संस्कृति र भाषामाथि हुने अतिक्रमणलाई रोक्नको निम्ति आफ्नो जीवनभरि नै महत्वपूर्ण लड़ाई लड़ेका थिए भनी बताए। तिनले आफ्नो संस्कार, संस्कृति अनि भाषालाई बचाउनको निम्ति सबै लेप्चाहरूले कार्य गर्नु पर्ने बताए। कार्यक्रममा सिटोङ अनि खरसाङका बाल-बालिकाहरूले पारम्परिक लेप्चा गीत अनि नृत्यहरू प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *