लेप्चा राजा गेबु आचुकको 290औँ जन्म जयन्ती पालन

कालेबुङ: लेप्चा राजा पुनु गेबु आचुकको 290औँ जन्म जयन्ती आज कालेबुङको पेदोङस्थित दामसाङ गडीमा पनि पुजा अर्चनासहित पालन गरियो। यस अवसरमा दिवंगत गेबु आचुकलाई श्रद्धाञ्जलि अर्पण गर्नको साथै तिनको स्मरणमा पुजा-अर्चना गरियो। मायल्याङ इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसनका अध्यक्ष तथा लेप्चा बोर्डका अध्यक्ष रेन एलएस ताम्साङको पनि विशेष उपस्थिति रहेको थियो। यसवाहेक, एडविन लेप्चासहित लेप्चा समुदायका मानिसहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।


अर्कोतिर, लेप्चा राजा गेबु आचुकको जन्म दिन लेप्चाहरूको संगठन इल्टाको आयोजनामा कालेबुङको मेला ग्राउन्डमा पनि विविध सांस्कृतिक कार्यक्रमहरूको साथमा आज पालन गरियो। यस अवसरमा इल्टाका अध्यक्ष दोर्जी टी लेप्चा प्रमुख रूपमा उपस्थित थिए भने अन्य लेप्चा समुदायका मानिसहरू पनि धेरै संख्यामा भेला भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *