लेट्स गो फाउन्डेसनको पहलमा मिरिक झील परिसरको सर-सफाई

मिरिक : अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन आज लेट्स गो फाउन्डेसनको आहवानमा मिरिक झीललाई संरक्षण तथा सफा राख्ने उद्देश्य लिएर 350 भन्दा अधिक स्वयंसेवकहरू मिरिक झील परिसरमा भेला भएर सफाई अभियान चलाए। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू, विभिन्न स्कुलका विद्यार्थीहरू लगायत स्व निर्भर दलका सदस्यहरू मिरिक झिलमा बढ्दो प्रदूषणलाई रोक्न अघि आए।


सन् 2019 सालमा गठन भएको लेट्स गो फाउन्डेसनले प्लास्टिकविरुद्धको लडाइँ लड्दै आइरहेको छ भने यो युद्धमा सबै तह तप्काका सचेत मानिसहरूको सहभागिता नभए जित्न नसकिने भएकोले सबैलाई जोडेर कार्य गर्ने पक्षमा रहेको फाउन्डेसनका प्रतिनिधिहरूले बताए। आजको सफाई अभियानमा मिरिकका मात्र नभएर अन्य ठाउँबाट पनि स्वयंसेवकहरूले सहभागिता जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *