लेट्स गो जिरो वेस्ट फाउण्डेशन मिरिकलाई सरकारी मान्यता प्राप्त

मिरिक : लेट्स गो जिरो वेस्ट फाउण्डेशन मिरिकले सरकारी मान्यता प्राप्त गरेकोमा हर्ष प्रकट गर्दै आज मिरिक प्रेस क्लबमा फाउण्डेशनले पत्रकार सम्मेलनको आयोजना गरेर सरकारी मान्यता प्राप्तिले ठुलो उत्साह र उमङ्ग छाएको बताएको छ। 2019-मा गठित उक्त फाउण्डेशनले मिरिकलाई फोहोर रहित मिरिक बनाउन प्रयास जारी राखेको साथै विभिन्न समयमा शून्य फोहोरको नारालाई लिएर मानिसहरूमा चेतना अभिवृद्धि कार्यक्रम गर्दै फाउण्डेशनले ग्रिन मिरिक क्लिन मिरिकको सन्देश दिएर मानिसहरूमा जागरुकता फैलाइरहेको अध्यक्ष राकेश शर्माले बताए। तिनले विशेष युवावर्गलाई समावेश गराएर युवाहरूमा फोहोर व्यवस्थापनमाथि जागरुक गराउने पहल जारी राखेको बताए। फाउण्डेशनले सरकारी मान्यता प्राप्त गरेपछि आज पहिलो सभा बसेको अनि सभाले फोहोर व्यवस्थापनमाथि दुईदिने वर्कशप (कार्यशाला)-को आयोजना गर्ने निर्णय लिएको तिनले बताए। वेस्ट म्यानेजमेन्टमाथि युवाहरूलाई प्राक्टिकल प्रशिक्षण दिन फ्याँकिएको प्लास्टिकका बोतलहरू सङ्ग्रह गरेर हेलीप्याडमा बेञ्चहरू तयार पारे तापनि केही असामाजिक तत्वहरूले त्यसलाई भत्काइदिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *