लाइसेन्सबिनै होटलमा रम-रक्सीको बिक्री, 3 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा मतिगढा पुलिसले गत राति कदमतलाको एउटा होटलमा अभियान चलाएर लाइसेन्सबिनै गैर कानुनी रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा मालिक सहित 3 जनालाई पक्राउ गरेको छ। यसको साथै पुलिसले लगभग 2 लाख रुपियाँको विदेशी रम-रक्सी पनि उद्धार गरेको बताइएको छ। पक्रा पर्नेहरूमा मालिक सतीश सेबेस्टियन (53), जोगेश सेवा (32) र  उज्जल राय (45) सामेल छन्। पक्रा परेका 3 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *