लिगल मेट्रोलजी विभागका अधिकारीहरूद्वारा सिलगढीको चम्पासरी बजारमा अभियान

सिलगढी: ओजनमा कुनै प्रकारको गढबढी भएको हुनसक्ने सम्भावनालाई लिएर यसको जानकारी लिनको लागि कन्ज्युमर अफेयर्स विभागको लिगल मेट्रोलजी विभागका अधिकारीहरूले सिलगढीको चम्पासरी बजारको सबै दोकानहरूमा आज अभियान चलाए। यसको साथै तौलिने मसिन (तराजु) को रेजिस्ट्रेशन छ-छैन भन्ने बिषयमा पनि जाँच गरे। मेट्रोलजी विभागका इन्स्पेक्टर अखिल बेपारी लगायत 5 जना अधिकारीहरूको टोलीले आज बजारमा अभियान चलाए। उक्त अभियान अवधि रिन्यूवल नगराएको आरोपमा लगभग पाँच वटा दोकानबाट तौलिन मसिन जफत गरेको छ। यसको साथै अधिकारीहरूले ती सबै व्यवसायीहरूलाई चेतावनी पनि दिए। तिनीहरूले तौलिने मसिनको रिन्यूवल पेपर अथवा मसिनको वैध पञ्जीकरण सङ्ख्या भएको पेपर दोकानमा राख्ने आदेश दिएका छन्। यस सम्बन्धमा चम्पासरी एसजेडीए मार्केट सदस्य बापी घोषले भने, तौलिने मसिनको रिन्यूवल प्रत्येक वर्ष गर्ने गरिन्छ। तथापि लकडाउनले गर्दा बन्द भएको थियो। आज अधिकारीहरूले बजारको सबै दोकानहरूको निरीक्षण गरे। अन्य एकजना व्यवसायीले बताए अनुसार तौलिने मसिनको कागज मालिकको घरमा रहेकोले गर्दा वैध कागज पत्र देखाउन नसकेपछि आज अधिकारीहरूले दोकानको तौलिने मसिन जफत गरिदिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *