लीलबहादुर छेत्रीलाई “स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार” प्रदान गरिने

सिलगढी: नेपाली साहित्यका प्रतिष्ठित साहित्यकार लीलबहादुर छेत्रीलाई “स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार” प्रदान गरिने भएको छ। साहित्य अकादमी अवार्ड, जग्दम्भा श्री पुरस्कार अनि पद्मश्री आदि उच्च सम्मान पुरस्कार लगायत थुप्रै अन्तर्राष्ट्रिय सम्मानले सम्मानित भइसकेका नेपाली साहित्यका प्रतिष्ठित लेखक\साहित्यकार लीलबहादुर छेत्रीलाई यस पटक ग्लोबल भुटानी साहित्य सङ्गठन (अमेरिका)-ले “स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार” प्रदान गरिने भएको छ। उक्त पुरस्कारमा भारतीय रुपियाँ 3 लाख 75 हजारको साथमा सम्मान पत्र तथा अन्य सामग्रीहरु रहेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *