लिङ्गिया अनि तामसाङ खासमलबाट 62 घर गोजमुमो-मा सामेल

चुङथुङ : गोर्खा जनमुक्ति मोर्चा नेतृत्वद्वय विनय तामाङ अनि अनित थापालाई समर्थन जनाउने क्रम जारी छ। यसै क्रममा आज चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत लिङ्गिया लम्बा धुराबाट गोजमुमो पार्टी कार्यकर्ता बिरकुमार राईको पहलमा 24 घर अनि तामसाङ खासमलबाट दिपेन गुरूङ, दुर्गा शर्मा महेश राई, गोविन गुरूङको पहलमा 38 घर विभिन्न राजनैतिक दलबाट गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्।


यी नयाँ सामलेहरूले चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत लिङ्गिया अनि तामसाङ खासमलबाट गोर्खा जनमुक्ति मोर्चा चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष बीआर राई, महकुमा समिति प्रवक्ता सन्दीप छेत्री, युवा मोर्चा केन्द्रीय समिति महासचिव अरूण छेत्रीको बाहुलीबाट दलीय झण्डा ग्रहण गरे। तामसाङ खामलमा दिपेन राई अनि लिङ्गिया चियाबारी लम्बा धुरा ज्ञानु छेत्रीको अध्यक्षतामा भएको सभामा युवा मोर्चा समष्टि सचिव सुन्दर राई, नारी मोर्चा दार्जिलिङ महकुमा समिति उपसभानेत्री स्वरस्वती गुरूङ, जीटीए नोडल अफिसर सियोन लेप्चा, सञ्जय लुगेली, सायर सुब्बा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *