लिङ्गियाबाट 84 घर बिमलपन्थीमा सामेल

बिजनबारी : चुङथुङ मेरीबोङ तामसाङ समष्टि अन्तर्गत लिङ्गिया सार्वजनिक भवनमा हिजो गोजमुमो बिमलपन्थी लिङ्गिया युथको आयोजना तथा रतन खालिङको अध्यक्षतामा घर फर्क अभियान सभा सम्पन्न भयो। उक्त सभामा लिङ्गियाको 8 वटा गाउँबाट मोठ 84 घर गोजमुमो विनय खेमालाई छोड़ेर बिमलपन्थी गोजमुमोमा सामेल भएका छन्। सामेल हुने सदस्यहरूलाई केन्द्रीय सदस्य सरन लामाले स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। यसै अवसरमा तिनले उक्त सभालाई घर फर्क अभियान नाम दिएको बताउँदै गत महिना यहाँबाट 50 घर फर्केका थिए भने हिजो 84 घर पार्टी अध्यक्ष बिमल गुरूङको हात बलियो बनाउन पार्टीमा समावेश भएको छ। सभालाई युथ संयोजक अर्पन देवान, रवि मगर, बुद्ध तामाङ, डीबी थापा, विधान राई आदिले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *