लिंगिया मेरीबोङमा रेपिड एन्टिजेन्ट टेस्ट, 4 जना पोजेटिभ

दार्जिलिङ: सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्र अधिनस्थ रहेको केही उप स्वास्थ्य केन्द्रहरूमा हाल कोरोना संक्रमणको जाँच गर्नको लागि रेपिट एन्टीजेन्ट टेस्ट गर्ने कार्य भइरहेको छ। यसै क्रममा आज सुके स्वास्थ्य विभागका सहयोगमा लिंगिया मेरीबोङ ग्राम पञ्चायत कार्यालयमा एकदिने रेपिड एन्टीजेन्ट टेस्ट सम्पन्न गरियो। मोठ 102 जनालाई गरिएको टेस्टमा चारजनाको रिपोर्ट पोजिटिभ आएको बताइएको छ। तिनीहरूलाई आजदेखि नै स्वास्थ्य विभागको हेरचाहमा आइसोलेसनमा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *