लायन्स क्लब इन्टरन्याश्नल 322 एफ-द्वारा फुड फर अल तथा रिमझिम परियोजनाको उद्घाटन

सिलगढी : लायन्स क्लब इन्टरन्याश्नल डिस्ट्रिक 322 एफको पहलमा आज फुड फर अल तथा रिमझिम परियोजनाको उद्घाटन गरियो। डिस्ट्रिक हेड क्वार्टरमा उक्त परियोजनाको डिस्ट्रिक गभर्नर शङ्कर कुमार दासले विधिवत् उद्घाटन गरे। फुड फर अल परियोजना अन्तर्गत 3 लाख मानिसहरूलाई भोजन वितरण गरिनेछ भने रिमझिम परियोजना अन्तर्गत 8 हजार आवश्यकमन्द मानिसहरूलाई छाता वितरण गरिने बताइएको छ। डिस्ट्रिक गभर्नर शङ्कर कुमार दासले यस वर्ष लायन्स 322 एफको पहिलो परियोजना फुड फर अल रहेको छ भने आगामी 52 हप्तासम्म उक्त परियोजना चालू रहने बताए। सहरको विभिन्न ठाउँहरूमा आवश्यकमन्द मानिसहरूलाई भोजनको व्यवस्था गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *