लायन्स क्लब इन्टरन्याशनल डिस्ट्रिक्टको वार्षिक जिल्ला सम्मेलन 14 मार्चमा

सिलगढी : लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 322 एफ-को वार्षिक जिल्ला सम्मेलन आगामी 14 मार्चको दिन न्यु चामटाको एउटा होटलमा आयोजित गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर डिस्ट्रिक गभर्नर लायन अभिजीत सेनले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार उत्तर बंगाल लगायत सिक्किम र भुटानलाई लिएर वार्षिक सम्मेलन गरिने गरेको साथै विशेष गरेर उक्त सम्मेलना वर्षभरिमै के-के कार्य गरियो एवम् आगामी दिनमा अझ के-के परियोजना रहेको छ भन्नेबारे व्यापक चर्चा परिचर्चा गरिने तिनले बताए। प्रत्येक वर्ष दुई दिने सम्मेलनको आयोजना गरे तापनि यसपल्ट कोरोना परिस्थितिले गर्दा एकदिने सम्मेलनको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *