लायन्स क्लबको तर्फबाट रक्तदान शिविरको आयोजना

सिलगढी : लायन्स क्लब अफ् उन्नति, लायन्स ब्लेजिङ एसेस, लायन्स राइजिङ डिभाइन र लायन्स राइजिङ स्टोरको संयुक्त पहलमा रक्तवीर परियोजना शुरू गरियो। उक्त परियोजना अन्तर्गत सिलगढीमा रक्तदान शिविरको आयोजना गरियो। संस्थाले दिएको जानकारीअनुसार रक्तवीर परियोजना अन्तर्गत 4 वटा लायन्स क्लबको संयुक्त पहलमा 52 हप्ता प्रत्येक आइतबार रक्तदान शिविरको आयोजना गरिनेछ। तराई लायन्स ब्लड ब्याङ्कमा उक्त शिविरको आयोजना गरिने साथै शिविरको माध्यमद्वारा लगभग 1 हजार 5 सय युनिट रगत संग्रह गर्ने लक्ष्य राखेको बताइएको छ। आजको कार्यक्रममा जोन चेयरपर्सन 3 नीरज धनोटीवाला, चेयरम्यान नरेश अग्रवाल, दिनेश अग्रवाल, विनीत नाकिपुरिया, देवाश अग्रवाल, धिरज आलमपुरिया उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *