लायन्स क्लब अफ् राइजिङ स्टार-द्वारा 55 शिक्षक-शिक्षिकाहरूलाई सम्मान

सिलगढी : लायन्स क्लब अफ् राइजिङ स्टारले शिक्षक दिवसको उपलक्ष्यमा हिन्दी बालिका विद्यालयका 55 जना  शिक्षक-शिक्षिकाहरूलाई सम्मान जनायो। यसको साथै 11 जना आवश्यकमन्द विद्यार्थीहरूको पढ़ाईको जिम्मा पनि लिएको छ। लायन्स क्लब अफ् राइजिङ स्टारको तर्फबाट हिन्दी बालिका विद्यालयमा डा. राधाकृष्णनको तस्विरमा माल्यार्पण गरेर कार्यक्रम शुरू गरियो। यसपछि संस्थाको तर्फबाट स्कुलका 55 जना शिक्षक-शिक्षिकालाई खदा लगाइ दिएर सम्मान जनाइयो। लायन्स क्लब अफ राइजिङ स्टारको तर्फबाट सामाजिक दूरीलाई पालन गर्दै उक्त कार्यक्रमको आयोजना गरियो। हिन्दी बालिका विद्यालयकी प्रधानाध्यापिका अर्चना शर्माले लायन्स क्लब राइजि स्टारको उक्त पहल सराहनीय रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *