लायन्स क्लब अफ् सिलगढी उदयद्वारा मास्क वितरण

सिलगढी : सिलगढी पानीट्याङ्की मोडमा लायन्स क्लब अफ् सिलगढी उदयको तर्फबाट 7 सयभन्दा अधिक मानिसहरूलाई मास्क वितरण गरियो। यसको साथै साधारण मानिसहरूलाई कोरोना भाइरसलाई लिएर सचेत रहने बताउँदै अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने सुझाउ दिइयो। यस अवसरमा लायन्स  क्लब अफ् सिलगढी उदयका चेयरम्यान अङ्कित अग्रवाल, सभापति हेमन्त अग्रवाल, अनिल मित्तल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.