लायन्स क्लब अफ् सिलगढी अनमोलद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी : लायन्स क्लब अफ् सिलगढी अनमोल-को तर्फबाट आज इस्टर्न बाइपास बानेश्वर मोडमा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा महाराजा अग्रसेन अस्पतालका डा. सञ्जीत कुमार, डा. पलब राई, सिलगढी ग्रेटर अस्पतालका डा. पियाली चन्द्र, डा. रबिया सुल्तानले स्थानीय मानिसहरूको स्वास्थ्य जाँच गरेर उचित परामर्श दिँदै निःशुल्क दबाई वितरण गरे।


यसको साथै केही रोगीहरूको सिलगढी ग्रेटर अस्पतालमा निःशुल्क जाँच गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *