लायन्स क्लब अफ् सिलगढी मिराक्कलको तर्फबाट टीकाकरण शिविरको आयोजना

सिलगढी : सिलगढी सेभोक रोडस्थित एउटा गैरसरकारी मार्केट कम्प्लेक्समा लायन्स क्लब अफ् सिलगढी मिराक्कलको पहलमा एवम् मेडिका नर्थ बेङ्गल क्लिनिकको सहयोगितामा आज कोरोना टीकाकरण शिविरको आयोजना गरियो। उक्त शिविरमा मुख्य अतिथिको रूपमा डा. सीपी शर्मा उपस्थित थिए भने रिबन काटेर तिनले टीकाकरण शिविरको उद्घाटन गरे। उक्त शिविरमा मानिसहरूलाई पहिलो र दोस्रो दुवै डोज लगाइरहेको छ। 18 वर्षदेखि 45 वर्षसम्म उमेर पुगेकाहरूले उक्त शिविरमा कोरोनाको खोप लगाउन सक्नेछन्। आगामी दिनमा पनि टीकाकरण शिविरको आयोजना गरिने लायन्स क्लब अफ् सिलगढी मिराक्कलका अध्यक्ष कृष्णा आर्यनले बताए। उक्त शिविरमा लायन्स क्लब अफ् सिलगढी मिराक्कलका अध्यक्ष कृष्णा आर्यन, सचिव स्नेहाशीष विश्वा, कोषाध्यक्ष शिल्पी अग्रवाल लगायत संस्थाका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *