लायन्स क्लब अफ सिलगढी प्रेरणा-द्वारा 5 इन 1 मेगा प्रोजेक्टको आयोजना

सिलगढी लायन्स क्लब अफ सिलगढी प्रेरणाले आज एसएफ रोडस्थित सिद्धि विनायक ब्याङ्क्विट हलमा 5 इन 1 मेगा प्रोजेक्टको आयोजना गर्यो। कार्यक्रममा मुख्य अतिथिको रूपमा सुलोचना मानसी जाजोदिया उपस्थित थिइन् भने गेस्ट अफ अनरको रूपमा लायन्स डीजे शंकर कुमार दास, वीडीजी 2 हेमन्त कुमार अग्रवाल, पीडीजी कमल कल्लनी, कमल केडिया, जीएसटी को-अर्डिनेटर विष्णु केडिया, पद्मश्री करीम उल हक, रीजनल चेयरम्यान जयन्त साहा उपस्थित थिए। उक्त कार्यक्रमको माध्यमद्वारा 14 जनालाई व्हिलचेयर प्रदान गरियो भने 30 हजारभन्दा अधिक सेनेटरी नेपकिन महिलाहरूलाई वितरण गरियो। महिला स्वच्छता जागरूकताबारे एउटा सेमिनारको पनि आयोजना गरियो। सिलगढी सहरको विभिन्न ठाउँहरूको लागि डस्बिन पनि वितरण गरियो। यस अवसरमा सचिव नीलम अग्रवाल, कोषाध्यक्ष सरिता भट्टर लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *