लायन्स क्लब अफ सिलगढी रोर-द्वारा कम मूल्यमा शव लैजाने वाहन उपलब्ध

सिलगढी : लायन्स क्लब अफ सिलगढी रोर-ले सिलगढी सहरका मानिसहरूको हितमा शव लैजानको लागि शव वाहन परिसेवा शुरू गरेको छ। लायन्स क्लब अफ सिलगढी रोर-ले कम्ती मूल्यमा नगरनिगम इलाका लगायत यसको छेउछाउको क्षेत्रलाई उक्त परिसेवा प्रदान गर्ने बताइएको छ।


सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज यहाँको इन्टरनेशनल मार्केटमा एउटा कार्यक्रमको माध्यमद्वारा उक्त शव वाहनको उद्घाटन गरे। यस अवसरमा संस्थाका सचिव लायन राजेश गुप्ता, अध्यक्ष सन्दीप अग्रवाल लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *