लायन्स क्लब अफ सिलगढी शेपर्स-को पहलमा कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी : लायन्स क्लब अफ सिलगढी शेपर्सको पहलमा मतिगढाको एउटा गैर सरकारी स्कुलमा टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी तराई लायन्स ब्लड ब्याङ्क तथा चाँदमुनि वेलफेयर सोसाइटीको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। लायन्स क्लब अफ सिलगढी शेपर्सका अध्यक्ष राहुल अग्रवालले बताएअनुसार कोरोना महामारीबाट मानिसहरूलाई बचाउने उद्देश्य लिएर पहिलोपल्ट क्लबद्वारा उक्त टीकाकरण शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा आज मोठ 118 जना मानिसहरूले कोरोनाको खोप लगाए भने प्रत्येक व्यक्तिबाट 750 रुपियाँ लिएको बताइएको छ। आगामी दिनमा पनि यस प्रकारको शिविरको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *