लायन्स क्लब अफ् सिलगढी सनराइजको शपथ ग्रहण तथा डीजी भिजिट कार्यक्रमको आयोजना

सिलगढी : लायन्स क्लब अफ् सिलगढी सनराइज रिजनल 2 जोनको शपथ ग्रहण एवम् डीजी भिजिट कार्यक्रम सिलगढीको एउटा गैर सरकारी होटलमा आज सम्पन्न भयो। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा लायन्स क्लबको डिस्ट्रिक्ट गभर्नर शंकर दास उपस्थित थिए। लायन्स क्लब अफ् सिलगढी सनराइजको शपथ ग्रहण कार्यक्रम लायन्स निर्मल गिधराले शुरू गरे भने लायन्स सञ्जय अग्रवालले सनराइज क्लबका नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराए। स्मरण रहोस्, एक वर्ष अघि लायन्स क्लब अफ् सिलगढी सनराइज क्लबको स्थापना भएको थियो। गत एक वर्षदेखि उक्त क्लबले विविध समाज सेवा मूलक कार्यहरू गर्दै आइरहेको छ। आज कार्यक्रम अवधि सनराइज क्लबको वर्ष 20-21 का अध्यक्ष निशान्त अग्रवालले वर्ष 21-22 को लागि नयाँ अध्यक्ष आयुष अग्रवाललाई पदभार सुम्पे। यस अवसरमा सनराइज क्लबका सदस्य मुदित जैनले पूर्व अध्यक्ष निशान्त अग्रवालले आफ्नो कार्यभार निष्ठापूर्वक पालन गरेकोले कम समयमै क्लबले सफलता हासिल गरेको भन्दै नयाँ अध्यक्षले पनि क्लबलाई अझ अघि बढाएर लैजाने बताए। उक्त क्लबले एउटा नयाँ परियोजना शुरू गरेको छ। आजको कार्यक्रममा  मुख्य अतिथिको रूपमा लायन्स अभिजीत सेन, लायन्स हेमन्त अग्रवाल, लायन्स गितेस टेबरावाल, लायन्स विष्णु केडिया, लायन्स साहिल गुप्ता, लायन्स सुरेश सिंहल, लायन्स मुदित जैन, लायन्स पंकज मसकरा, लायन्स निर्मल गिधरा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *