लायन्स क्लब अफ् सिलगढी तराई, तराई शक्ति र तराई ऊर्जाको शपथ ग्रहण कार्यक्रम

सिलगढी : लायन्स क्लब अफ् सिलगढी तराई, तराई शक्ति र तराई ऊर्जाको शपथ ग्रहण कार्यक्रम आज सम्पन्न भयो। कोरोनाको सबै नियम पालन गर्दै उत्तरायणस्थित एउटा गैर सरकारी भवनमा उक्त कार्यक्रम सम्पन्न भयो। आगामी सत्र 2021-22 को लागि लायन्स क्लब अफ् सिलगढी तराईको अध्यक्ष महेश कुमारले सम्हालेका छन्। तराईका सचिव कमल कुमार कुन्डलिया र कोषाध्यक्ष आनन्द गोयललाई सुम्पिएको छ। अर्कोतिर, लायन्स तराई शक्तिको नयाँ अध्यक्ष मञ्जु अग्रवाल, भारती बिहानी सचिव र अनिता झन्वरलाई कोषाध्यक्षको पदभार सुम्पिएको छ। यसैगरी, तराई ऊर्जाको नयाँ अध्यक्ष हर्षित अग्रवाल, सचिव सात्विक अग्रवाल र कोषाध्यक्ष आयुष बन्सललाई चयन गरिएको छ। उक्त शपथ ग्रहण कार्यक्रममा मुख्य अतिथिको रूपमा लायन्स डिस्ट्रिक गभर्नर शङ्कर कुमार दास उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *