लायन्स क्लब अफ् सिलगढी उदय-द्वारा भोलि मङ्गलबार मेगा रक्तदान शिविरको आयोजना गरिने

सिलगढी : लायन्स क्लब अफ् सिलगढी उदयको पहलमा भोलि मङ्गलबार सिलगढीको श्याम मन्दिरमा मेगा रक्तदान शिविरको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर लायन्स क्लब अफ् सिलगढी उदयका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। लायन्स क्लब अफ् सिलगढी उदयका सभापति अङ्कित अग्रवालले बताएअनुसार सिलगढीको श्याम मन्दिरमा भोलि मङ्गलबार मेगा रक्तदान शिविरको आयोजना गरिनेछ। उक्त शिविर शनिबार बिहान 8 बजीदेखि शुरू भएर राति 8 बजीसम्म चल्नेछ। कोरोना कालदेखि नै रगतको संकट देखा परेकोले गर्दा यसको समाधान गर्ने उद्देश्य लिएर उक्त शिविरको आयोजना गरिने तिनले बताए। शिविरमा संग्रह गरिएको रगत तराई ब्लड ब्याङ्क तथा रोटरी ब्लड ब्याङ्कमा पठाइने तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *