लायन्स क्लब सिलगढी युनिटी एन्ड युनिटी विङ्ग्स-द्वारा समाजसेवामूलक कार्यक्रमको आयोजना

सिलगढी : लायन्स क्लब सिलगढी युनिटी एन्ड युनिटी विङ्ग्सको पहलमा एवम् गिभ लाइफ सोसाइटी र नव रवि संघ क्लबको सहयोगमा सिलगढीको 24 नम्बर वार्डमा रक्तदान, दाँत जाँच शिविरको आयोजना गरियो। यसको साथै आवश्यकमन्द मानिसहरूलाई कम्बल तथा खानेकुरो पनि वितरण गरियो।


नेताजी सुभाष चन्द्र बसुको 125औँ जन्मदिन र मैनागढी ट्रेन दुर्घटनालाई केन्द्र गरेर उक्त रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। यसबाहेक दिव्याङ्गहरूलाई व्हिल चेयर पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *