लायन्स ड्रीम प्रिमियर लीग: रोरिङ लायन्सलाई पराजित गरेर ब्लेजिङ एसेस विजयी

सिलगढी : लायन्स क्लब अफ सिलगढी प्राइडको पहलमा सिलगढीको एसएफ रोडस्थित हिन्दी हाई स्कुल मैदानमा 3 देखि 5 फरवरीसम्म तीन दिवसीय लायन्स ड्रीम प्रिमियर लीगको आयोजना गरियो। यस प्रिमियर लीगमा सिलगढीका मोठ 8 वटा टोलीले अंश ग्रहण गरेको थियो। यसको फाइनल म्याचलाई लिएर मानिसहरूमा निक्कै उत्साह देखियो। हिजो प्रिमियर लीग 2023-को फाइनल खेलमा ब्लेजिङ एसेस बनाम रोरिङ लायन्स-माझ  भीडन्त भयो। फाइनलमा ब्लेजिङ एसेस-ले रोमाञ्चक जीत हासिल गर्दै रोरिङ लायन्सलाई 60 रनले पराजित गरेर ट्राफी लगायत नगद राशि 1,71,000 रुपियाँको पुरस्कार आफ्नो झोलीमा पार्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *