लोड शेडिङ्गको विरोधमा सीपीआईएम-को तर्फबाट सिलगढीमा विरोध रैली तथा ज्ञापन

सिलगढी शहरमा लगातार भइरहेको लोडशेडिङ्गको विरोधमा सीपीआईएम सिलगढी 2 नम्बर एरिया कमिटीको तर्फबाट आज हातमा लालटिन बोकेर एउटा विरोध रैली निकाल्यो। सिलगढीको हिलकार्ट रोडस्थित सीपीएम पार्टी कार्यालय अनिल विश्वास भवन अघिल्तिरबाट निकालिइएको उक्त रैलीले विभिन्न पथहरूको परिक्रमा गर्दै अन्तमा हिलकार्ट रोडस्थित बिजली वितरण कार्यालय सामु पुगेर विक्षोभ प्रदर्शन गऱ्यो। शहरमा अधिक गर्मीले गर्दा हाल मानिसहरूको बेहाल अवस्था रहेको छ। यसैले उक्त लोड शेडिंग तत्कालै रोक्नु पर्ने मांग गर्दै सीपीआईएम सिलगढी 2 नम्बर एरिया कमिटीको तर्फबाट बिजुली विभागीय अधिकारीलाई एउटा ज्ञापन पनि सुम्पियो। यसको साथै समस्याको समाधान नभए माकपा 2 नम्बर एरिया कमिटीले आन्दोलन गर्ने चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *